नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
जसपुर, प्युठान


  

  • देउसी भैलोको सम्बन्धमा २०२६-९-१७

    नेपालीहरुको महान चाड तिहार २०७३को अवसरमा देउसी भैलो रातको समयमा गर्दा अवान्छित गतिविधीमा सँलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने हुदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो राती १०:०० बजे सम्म मात्र गर्न गृह मन्त्रालय सम्नधित सबैमा हार्दिक अनुरोध गर्दछ । साथै जनस्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने , जनधनको क्षति हुन सक्ने भएकाले भुइचम्पा, पटका र आतिसबाजी नगर्न हुन पनि अनुरोध छ । अन्यथा कानुन बमोजिम कारबाहि हुनेछ ।

  • दर्भान बजारको अनुगमन सम्पन्न २०२६-९-१७

    मिति २०७३/०६/१७ मा इलाका प्रशासन कार्यालय जस्पुरको नेतृत्वमा उद्धोग वाणिज्य संघ बड्डाडा बजार क्षेत्रका अध्यक्ष, पत्रकार प्रतिनिधी, नेपाल प्रहरीका सहायक निरीक्षक र गा.वि स़ सचिवको उपस्थितीमा बागेंसाल-६, दरभान प्युठान को बजार अनुगमन गरियको छ । १२होटल र बिभिन्न ३४ पसलहरु गरि ४६ पसलको अनुगमन तथा निरीक्षण गरियको छ । मुल्यसुचि र पसलको साईनबोर्ड तुरन्त राख्न निर्देशन दिईयको छ । व्यावसाय दर्ता/नवीकरण गर्न निश्चित म्याद दिई कार्यालयमा जानकारी गराउन निर्देशन जारि गरीयको छ । यसका साथै लेबल नभयको खाद्य पदार्थ हटाउन लगाई म्याद नाघेका पेय पदार्थको सबैको रोहबरमा बरामद पछि नष्ट गरियको छ । व्यावसायी, बितरकहरुलाई व्यावसायमा पालन गर्नु पर्ने आचारसंहिता…

  • Audio नागरिक बडापत्र संचालन बारे --

    यस कार्यालयले सेवाग्रहीहरुको सुबिधालाई ध्यानमा राखि लिखित नागरिक बडापत्रको अतिरिक्त Audio नागरिक बडापत्र सेवा संचालनमा ल्यायको छ । अब नागरिक बडापत्र सुन्न पनि सक्नु हुनेछ । यस कार्यालयले दिने सेवाहरु, अपनाउनु पर्ने प्रक्रिया, चाहिने कागजात, लाग्ने समय र दस्तुर, जिम्मेवार शाखा र कर्मचारी र गुनासो सुन्ने अधिकारी बारे अब सुनेर पनि थाहा पाउन सक्नु हुनेछ ।

  • राहदानी तयारी बारे SMS सेवा सुरु २०२६-९-१७

    आफ्ना सेवाहरुलाई सुचनामैत्री बनाई प्रभाबकारी, पहुचयोग्य र सुलभ सेवा दिने लक्ष अनुसार यही मिति २०७३/०६/०९ देखि यस ईलाका प्रशासन कार्यालयले, जसपुर, प्युठानले राहदानी तयार भैसकेकाहरुलाई जानकारी दिन SMS सेवा सुरु गरेको छ । अब आवेदन दिएका राहदान तयार भई यस कार्यालयमा आई पुगे पछि तपाईहरुलाई SMS आउने छ ( MOHA को तर्फ बाट) ।र राहदानी तयारीबारे घरमै बसि थाहा पाउन सक्नु हुनेछ यस सेवाबाट ।

  • फेसबुक पेज संचालन बारे --

    सेवा प्रवाहलाई प्रविधिमैत्रि बनाई प्रभावकारी, पहुचयोग्य र सुलभ सेवा प्रदान गर्न यस कार्यालयले "हाम्रो ईलाका प्रशासन कार्यालय नयाँगाउँ, प्यूठान" नामक फेसबुक पेज संचालनमा ल्यायको ब्यहोरा जानकारी गराईन्छ । साथै उक्त पेज लाईक गरी कार्यालयले दिने संपुर्ण सेवाबारे जानकारी पाउन अनुरोध छ ।

  • कम्प्युटरकृत (digital) नागरिकता बितरण सम्बन्धि --

    यस कार्यालयको प्रभावकारि, स्तरीय र सुलभ सेवा प्रवाह गर्ने उद्देश्य अनुरुप यहि मिति २०७३/०६/०५ देखि यस ईलाका प्रशासन कार्यालय नयाँगाउ, प्यूठानले कम्प्युटरकृत (Digital) नागरिकता बितरण सुरु गरियको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय