नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
जसपुर, प्युठान


दर्भान बजारको अनुगमन सम्पन्न

मिति २०७३/०६/१७ मा इलाका प्रशासन कार्यालय जस्पुरको नेतृत्वमा उद्धोग वाणिज्य संघ बड्डाडा बजार क्षेत्रका अध्यक्ष, पत्रकार प्रतिनिधी, नेपाल प्रहरीका सहायक निरीक्षक र गा.वि स़ सचिवको उपस्थितीमा बागेंसाल-६, दरभान प्युठान को बजार अनुगमन गरियको छ । १२होटल र बिभिन्न ३४ पसलहरु गरि ४६ पसलको अनुगमन तथा निरीक्षण गरियको छ । मुल्यसुचि र पसलको साईनबोर्ड तुरन्त राख्न निर्देशन दिईयको छ । व्यावसाय दर्ता/नवीकरण गर्न निश्चित म्याद दिई कार्यालयमा जानकारी गराउन निर्देशन जारि गरीयको छ । यसका साथै लेबल नभयको खाद्य पदार्थ हटाउन लगाई म्याद नाघेका पेय पदार्थको सबैको रोहबरमा बरामद पछि नष्ट गरियको छ । व्यावसायी, बितरकहरुलाई व्यावसायमा पालन गर्नु पर्ने आचारसंहिता र प्रतिबन्धित कार्य गरेमा के कस्ता दन्ड सजाय पाईन्छ सो कुराको जानकारी दिन सुचनापत्र बाडीयको छ । यस संयुक्त बजार अनुगमन मार्फत गैर कानुनी र प्रतिबन्धीत क्रियाकलापलाई कानुनी दायरामा ल्याई स्वच्छ बजार निर्माण हुने अपेक्षा लिइयको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय