Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

न्यून व्यान्डविथ Invert Color A- A A+

बंशजको नाताले नेपाली नागरिकता

शुल्क

रु १० को हुलाक टिकट



लाग्ने समय

कार्यालयको ब्यस्तता हेरी प्रमाण पुगेकोमा न्यूनतम ३० मीनटदेखि माथि

कागजातहरु

  • सम्बन्धित वडा कार्यालयको शिफारिस सहितको आवेदन अनुसूची
  • वावु, आमा, दाजु, दिदी वा तीन पुस्ता भित्रका आफन्तको सक्कल नागरिकता एवं पहिचान खुल्ने अन्य परिचयपत्र
  • जन्म दर्ताको प्रमाणपत्र
  • शैक्षिक योग्यताको प्रमाण पत्र
  • सनाखत गर्ने ब्यक्तिसङ्गको नाता प्रमाणित पत्र
  • अन्य जिल्लाबाट विवाह वा बसाईसराई गरी आएको हकमा बसाईसराई दर्ताको साथै सम्बन्धित जिल्लामा अभिलेख बुझेको पत्र
  • उल्लिखित प्रमाणहरु पेश गर्न नसकेमा वा प्रष्ट हुन नसकेमा आवश्यकता अनुसार सर्जमीन वा अन्य प्रमाणहरु माग गरिनेछ ।


प्रक्रियाहरु

  • सम्पूर्ण प्रमाणको फोटोकपी सहित आवेदन अनुसूचीमा रु १० को हुलाक टिकट टाँस गरी नागरिकता शाखामा कागजात रुजु गराई सनाखत गर्नुहोला
  • कम्प्यूटरबाट नागरिकता कार्ड प्रिन्ट भैसकेपछि पालैपालो तपाईलाई फोटो एवं ‍औठाछापको लागि बोलाइनेछ। त्यतिञ्जेल धैर्यपूर्वक प्रतिक्षा गर्नुहोला
  • फोटो टाँसिसकेपछि नागरिकतामा दस्तखतको लागि जारी गर्ने कार्यालय प्रमुख समक्ष पठाइनेछ ।
  • नागरिकतामा दस्तखत र अभिलेख समेत प्रमाणित भएपछि छाप र स्टीकर टाँस गरी तपाईको नाम बोलाई नागरिकता प्रदान गरिनेछ ।

यी सबै चरणहरुमा शान्त भै धैर्यतापूर्वक पालोको प्रतीक्षा गर्नुहोला साथै नागरिकताको प्रमाणपत्र प्राप्त भैसकेपछि सम्पूर्ण ब्यहोरा पढी रुजु गरी ठीकठाक रहेको यकीन गरेर मात्र जानुहोला । कुनै त्रुटी फेला परेमा तत्काल संशोधनको लागि फिर्ता दिनुहोला ।

 

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

गुनासो सुन्ने अधिकारी
ज्ञानु कुमारी हितान मगर
पछिल्लो अपडेट गरिएको : 2082-10-28 12:48:01

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान .