कार्यालयको ब्यस्तता हेरी प्रमाण पुगेकोमा न्यूनतम ३० मीनटदेखि माथि
सुल्क
रु १० को हुलाक टिकट
जिम्मेवार कर्मचारी
दिनेश ज्ञवाली
गुनासो सुन्ने कर्मचारी
दिनेश ज्ञवाली
सम्बन्धित वडा कार्यालयको शिफारिस सहितको आवेदन अनुसूची
वावु, आमा, दाजु, दिदी वा तीन पुस्ता भित्रका आफन्तको सक्कल नागरिकता एवं पहिचान खुल्ने अन्य परिचयपत्र
जन्म दर्ताको प्रमाणपत्र
शैक्षिक योग्यताको प्रमाण पत्र
सनाखत गर्ने ब्यक्तिसङ्गको नाता प्रमाणित पत्र
अन्य जिल्लाबाट विवाह वा बसाईसराई गरी आएको हकमा बसाईसराई दर्ताको साथै सम्बन्धित जिल्लामा अभिलेख बुझेको पत्र
उल्लिखित प्रमाणहरु पेश गर्न नसकेमा वा प्रष्ट हुन नसकेमा आवश्यकता अनुसार सर्जमीन वा अन्य प्रमाणहरु माग गरिनेछ ।
सम्पूर्ण प्रमाणको फोटोकपी सहित आवेदन अनुसूचीमा रु १० को हुलाक टिकट टाँस गरी नागरिकता शाखामा कागजात रुजु गराई सनाखत गर्नुहोला
कम्प्यूटरबाट नागरिकता कार्ड प्रिन्ट भैसकेपछि पालैपालो तपाईलाई फोटो एवं औठाछापको लागि बोलाइनेछ। त्यतिञ्जेल धैर्यपूर्वक प्रतिक्षा गर्नुहोला
फोटो टाँसिसकेपछि नागरिकतामा दस्तखतको लागि जारी गर्ने कार्यालय प्रमुख समक्ष पठाइनेछ ।
नागरिकतामा दस्तखत र अभिलेख समेत प्रमाणित भएपछि छाप र स्टीकर टाँस गरी तपाईको नाम बोलाई नागरिकता प्रदान गरिनेछ ।
यी सबै चरणहरुमा शान्त भै धैर्यतापूर्वक पालोको प्रतीक्षा गर्नुहोला साथै नागरिकताको प्रमाणपत्र प्राप्त भैसकेपछि सम्पूर्ण ब्यहोरा पढी रुजु गरी ठीकठाक रहेको यकीन गरेर मात्र जानुहोला । कुनै त्रुटी फेला परेमा तत्काल संशोधनको लागि फिर्ता दिनुहोला ।
2
नागरिकताको प्रतिलिपि
लाग्ने समय
अभिलेख भिडेको अवस्थामा कार्यालयको ब्यस्तता हेरी न्यूनतम तीस मीनेट भन्दा माथि
सुल्क
रु १३ को हुलाक टिकट
जिम्मेवार कर्मचारी
दिनेश ज्ञवाली
गुनासो सुन्ने कर्मचारी
दिनेश ज्ञवाली
पुरानो नागरिकता, त्यसको फोटोकपि वा नागरिकता नंबर र जारी मिति खुलेको कुनै कागजात जस्तै मतदाता परिचयपत्र, जग्गा धनी प्रमाण पुर्जा आदि
सम्बन्धित वडा कार्यालयको सिफारिस
पतिको नाम, थर, ठेगाना समेत कायम गर्नुपरेमा पतिको नागरिकताको प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र र पति, ससुरा, वा सासुको सनाखत
अन्यत्र जिल्लाबाट नागरिकता जारी भएको भए उक्त अभिलेख भिडाएको पत्र
तपाइको फोटो एवं सहीछापको लागि बोलाइनेछ चनाखो भई पालो कुर्नुहोस्
फोटो टाँस गरिसकेपछि कार्यालय प्रमुख समक्ष दस्तखतको लागि पठाइनेछ
नागरिकतामा दस्अतखत र अभिलेख समेत प्रमाणित भैसकेपछि छाप लगाई स्टीकर टाँसी नागरिकता प्रदान गरिनेछ ।
नागरिकतामा कुनै त्रुटी भए नभएको यकीन गरी त्रुटी फेला गरेमा तत्काल संसोधन गराई नागरिकता लिई जानुहोला। पटक पटक प्रतिलिपि नागरिकता लिने कार्यमा स्रोत र समयको बरवादी हुने एवं दुरुपयोगको आशंका समेत हुन सक्ने हुँदा प्राप्त भउको नागरिकतालाई जतनसङ्ग राख्नुहोला । प्लास्टिकको खोलले नागरिकताको प्रमाणपत्रको मसी विगारी नागरिकता चाडै नोक्सान हुने भएकोले अन्य उपायबाट नागरिकताको प्रमाण पत्रको सुरक्षा गर्नुहोला।