Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

भिङ्ग्री बजार अनुगमन सम्बन्धमा ।

2079-02-03

2079-02-03


बजार अनुगमन सम्बन्धी समाचार

 

मिति २०७९।०१।१४ गतेका दिन जिल्ला प्रशासन कार्यालय प्युठान,  इलाका प्रशासन कार्यालय जस्पुर प्युठान घरेलु तथा साना उदयोग कार्यालय प्युठान ,करदाता सेवा कार्यालय जस्पुर प्युठान को संयुक्त संयोजनमा स्वर्गद्धारी नगरपालिका वडा नं ३ र ४ स्थित जुलुके र  भिङ्ग्री बजार क्षेत्रका खाद्य पसल, फलफुल पसल किराना पसल, होटल तथा रेष्टुरेण्टहरु ,फार्मेशी,  हार्डवेयर लगायतका ३५ वटा पसलहरुमा बजार अनुगमन गर्ने कार्य सम्पन्न भयो ।

जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकिय अधिकृत श्री राम प्रसाद घिमिरे, ईलाका प्रशासन कार्यालय जस्पुर प्युठानका कार्यालय प्रमुख श्री बाबुराम पुरी, करदाता सेवा कार्यालय जस्पुरका कर अधिकृत श्री सनु काफ्ले, इलाका प्रशासन कार्यालय जसपुरका  नायव सुब्बा श्री चुडामणी भण्डारी ,कम्प्युटर अपरेटर श्री प्रितम श्रेष्ठ,ईलाका प्रहरी कार्यालय भिङग्रीका प्रहरी नावय निरिक्षक श्री हस्त बहादुर घर्ति , उद्योग बाणिज्य संघ प्युठानका प्रतिनिधि ,पत्रकार सहितको अनुगमन टोलीबाट बजार अनुगमनको क्रममा फेला परेका गुज्रेका अखाद्य बस्तु, पेय पदार्थ,रङहरु, आदी जफत गरि श्री ईलाका प्रहरी कार्यालय भिङ्ग्रीको प्राङ्गणमा मुचुल्का गरि अनुगमन टोलीको रोहवरमा नष्ट गरियो । अनुगमनको क्रममा कैफियत देखिएका प्रतिष्ठानका संचालक/प्रोप्राइटर हरुलाई सचेत गराउनका साथै सम्बन्धित निकायमा दर्ता नहुनेहरु को हकमा सात दिन भित्र सम्बन्धित निकायमा दर्ता गरि कागजात दुरुस्त राख्न निर्देशन दिईएको छ । एकपटक कैफियत देखिएका र सचेत गराईएका उद्योग/ प्रतिष्ठानहरुको निरन्तर निगरानी गरिने र पुन : कैफियत देखिएमा कानुन बमोजिम कार्वाही गरिने व्यहोरा समेत जानकारी गराईएको छ ।

 म्याद गुज्रेका र अखाद्य वस्तुहरुको विक्रि वितरणको समस्या अधिक पाइएको र त्यस्ता वस्तुहरुको प्रयोगले जनस्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भएकोले सो सम्बन्धमा सचेत रहन सम्पूर्ण उपभोक्ता महानुभावनहरुमा कार्यालयको तर्फबाट हार्दिक अपिल गर्दछौं साथै कुनै पनि खाद्य बस्तुको खरिद गर्दा अनिवार्य रुपमा उत्पादन मिति प्रयोग गर्न सकिने मिति आदि राम्रो सँग हेर्नुहुन समेत अनुरोध गर्दछौं ।    

पछिल्लो अपडेट गरिएको : 2083-03-02 12:07:38

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान .