Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय प्यूठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय प्यूठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

न्यून व्यान्डविथ Invert Color A- A A+

चकचके बजार अनुगमन सम्बन्धमा ।

8 महिना अगाडी

2079-02-27


मिति २०७९।०२।१९ गतेका दिन,  इलाका प्रशासन कार्यालय जस्पुर को संयोजकत्वमा  माण्डवी गाउँपालिका वडा नं ३ स्थित  बजार क्षेत्रका खाद्य पसल, फलफुल पसल किराना पसल, होटल तथा रेष्टुरेण्टहरु ,फार्मेशी,  हार्डवेयर लगायतका ६० वटा पसलहरुमा बजार अनुगमन गर्ने कार्य सम्पन्न भयो ।

ईलाका  प्रशासन कार्यालय जस्पुर प्युठानका कार्यालय प्रमुख श्री बाबुराम पुरी , करदाता सेवा कार्यालय जस्पुरका कर अधिकृत श्री सनु काफ्ले, इलाका प्रशासन कार्यालय जसपुरका  नायव सुब्बा श्री चुडामणी भण्डारी ,कम्प्युटर अपरेटर श्री प्रितम श्रेष्ठ अस्थायी प्रहरी पोष्ट चकचकेका प्रहरी सहायक निरिक्षक श्री एकराज खडका , उद्योग बाणिज्य संघ प्युठानका प्रतिनिधि ,पत्रकार सहितको अनुगमन टोलीबाट बजार अनुगमनको क्रममा फेला परेका गुज्रेका रु १२७८।– बराबरका अखाद्य बस्तु, पेय पदार्थ, , आदी जफत गरि श्री अस्थायी प्रहरी पोष्ट चकचकेको प्राङगणमा मुचुल्का गरि अनुगमन टोलीको रोहवरमा नष्ट गरियो । अनुगमनको क्रममा कैफियत देखिएका प्रतिष्ठानका संचालक/प्रोप्राइटर हरुलाई सचेत गराउनका साथै सम्बन्धित निकायमा दर्ता नहुनेहरु को हकमा सम्बन्धित निकायमा दर्ता गरि कागजात दुरुस्त राख्न निर्देशन दिईएको छ । एकपटक कैफियत देखिएका र सचेत गराईएका उद्योग/ प्रतिष्ठानहरुको निरन्तर निगरानी गरिने र पुन : कैफियत देखिएमा कानुन बमोजिम कार्वाही गरिने व्यहोरा समेत जानकारी गराईएको छ ।

म्याद गुज्रेका र अखाद्य  वस्तुहरुको प्रयोगले जनस्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भएकोले सो सम्बन्धमा सचेत रहन सम्पूर्ण उपभोक्ता महानुभावनहरुमा कार्यालयको तर्फबाट हार्दिक अपिल गर्दछौं साथै कुनै पनि खाद्य बस्तुको खरिद गर्दा अनिवार्य रुपमा उत्पादन मिति प्रयोग गर्न सकिने मिति आदि राम्रो सँग हेर्नुहुन र त्यस्ता प्रकारका खाद्य बस्तुहरुको बिक्री वितरण भईरहेको  भेटिएमा यस कार्यालयमा जानकारी दिनुहुन समेत आम उपभोक्ता महानुभावहरुमा अनुरोध गर्दछौं ।

पछिल्लो अपडेट गरिएको : 2079-10-05 12:11:02

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

Powered By: ProActive Developers