Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

माण्डवी गाउँपालिका वडा नं ३ जसपुर बजारको अनुगमन सम्बन्धी विवरण

2079-05-24

2079-05-24


मिति २०७९।०५।२२ गते माण्डवी गाउँपालिका वडा नं ३ जसपुर बजारको अनुगमन सम्बन्धी विवरण

मिति २०७९।०५।२२ गते ईलाका प्रशासन कार्यालय जस्पुरको कार्यालय प्रमुख बाबुराम पुरीको संयोजकत्वमा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका स्थित भिङग्री तथा जलुके बजारको अनुगमन गर्ने कार्य सम्पन्न भयो । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक राजेश चौधरी ,ईलाका प्रशासन कार्यालय जस्पुरका कम्प्युटर अपरेटर प्रितम श्रेष्ठ,प्रहरी चौकी देवीस्थानका  प्रहरी नायव निरिक्षक गणेश बिसी ,पत्रकार शशिधर भण्डारी लगायतको सहभागिता रहेको थियो । माण्डवी गाउँपालिकाको जसपुर बजार स्थित होटल रेष्टुरेण्ट, चाउमिन उद्योग ,कोशेलीघरलगायतका गरि कुल ३३ वटा होटल रेष्टुरेण्ट तथा उद्योगहरुको  अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा फेला परेका विषयहरु

  • अनुगमनको क्रममाचाउमिन उद्योगले खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा विक्रि वितरण गरेको पाइएको हुँदा खाद्य अनुज्ञापत्र लिएर मात्र उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिईएको र तोकिएको समयभित्र अनुज्ञापत्र नलिएमा कडा कारवाही गर्ने चेतावनी समेत दिईएको छ । होटल तथा पसलहरुलाई पिउने पानीमा अधिकतम खुद्रा मुल्य भन्दा बढि नलिन समेत निर्देशन दिइएको छ । रेष्टुरेण्टमा मासुमा अखाद्य रङ समेत प्रयोग गरेको नपाइएको र भेटिएका रङहरु  नियन्त्रणमा लिई नष्ट गरिएको छ । जस्पुर बजारमा रहेको कोशेली घरमा बिक्रिको लागी राखिएको तर अखाद्य र बिग्रिएको रु ८ हजार ८ सय बयासी र पैसा पचास मात्र बराबरको घ्यु फापरको पिठो चना सिमी भटमास बेसार अचार कागतीको रस जफत गरि स्थानिय प्रहरीको रोहबरमा नष्ट गरियो । अनुगमनको क्रममा कुल ९ हजार ५ सय ९२ र पैसा ५० बराबरको खाद्य गेडागुडी , खानेकुरामा प्रयोग गर्ने गरेको रङ तथा लिची जुस समेत जफत गरि नष्ट गरिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-02 12:07:38

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान .