Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स्वर्गद्धारी नगरपालिकाको भिङग्री बजारको अनुगमन सम्बन्धी विवरण

2079-05-24

2079-05-24


मिति २०७९।०५।२१ गते स्वर्गद्धारी नगरपालिकाको भिङग्री बजारको अनुगमन सम्बन्धी विवरण

मिति २०७९।०५।२१ गते ईलाका प्रशासन कार्यालय जस्पुरको कार्यालय प्रमुख बाबुराम पुरीको संयोजकत्वमा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकास्थित भिङग्री तथा जलुके बजारको अनुगमन गर्ने कार्य सम्पन्न भयो । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक राजेश चौधरी ,ईलाका प्रशासन कार्यालय जस्पुरका कम्प्युटर अपरेटर प्रितम श्रेष्ठ,ईलाका प्रहरी कार्यालय भिङग्रीका प्रहरी सहायक निरिक्षक धन बहादुर डाँगी ,पत्रकार शशिधर भण्डारी लगायतको सहभागिता रहेको थियो । भिङग्री तथा जलुके बजार स्थित होटल रेष्टुरेण्ट, चाउमिन तथा बेकरी उद्योग, किराना पसल, फार्मेशी लगायतका गरि कुल ५३ वटा व्यावसायिक फर्म तथा उद्योगहरुको अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा फेला परेका विषयहरु

  • अनुगमन गरिएका सबै चाउमिन तथा बेकरी उद्योगहरुले खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा विक्रि वितरण गरेको पाइएको छ । सबै खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुलाई अनिवार्य रुपमा खाद्य अनुज्ञापत्र लिएर मात्र उत्पादन तथा विक्रि वितरण गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र अनुज्ञापत्र नलिएमा कडा कारवाही गर्ने चेतावनी समेत दिईएको छ । केहि फार्मेशीहरुमा फार्मेशिष्ट विना ओषधी पसल संचालन भईरहेको पाइएको र उक्त फार्मेशीहरुलाई अनिवार्य रुपमा फार्मेशिष्ट राख्न निर्देशन दिईएको र प्रचलित कानुन बमोजिम पुरा गर्नुपर्ने प्रक्रिया पुरा गर्न समेत निर्देशन  दिईएको र सोको नियमित अनुगमन गरिने जानकारी समेत गराईएको छ । होटल तथा रेष्टुरेण्टहरुले सरसफाईमा उचित ध्यान नदिएको समेत भेटिएको छ । अधिकांश रेष्टुरेण्टमा मासुमा अखाद्य रङ समेत प्रयोग गरेको पाइएकोमा सो मासु तथा प्रयोग गरिएको रङहरुलाई नियन्त्रणमा लिई नष्ट गरिएको थियो । अनुगमनको क्रममा कुल ५ हजार १ सय ९० बराबरको रङ प्रयोग गरिएको मासु , किरा लागेको पास्ता तथा खानेकुरामा प्रयोग गर्ने गरेको रङ समेत जफत गरि नष्ट गरिएको छ । उपभोक्त हित संरक्षणका लागी बजार अनुगमनलाई तिब्रता दिईने र कैफियत देखिएका व्यावसायिक फर्म तथा उद्योगहरुलाई निरन्तर सचेत गराईने र उपभोक्ता हक हित संरक्षणका लागी एवं अनुगमनका क्रममा देखिएका समस्याहरुको सन्दर्भमा सरोकारवाला निकायहरु विच अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरिने कार्यालयको भावी योजना रहेको छ ।

ईलाका प्रशासन कार्यालय जस्पुर

पछिल्लो अपडेट गरिएको : 2083-03-02 12:07:38

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान .