Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, प्युठान

ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

दर्भान बजार अनुगमन

2075-12-27

2075-12-27


मिति २०७५।१२।२६ गतेका दिन यस कार्यालय र सरुमारानी गाउँपालिकाको कार्यालयको संयुक्त संयोजनमा सरुमारानी गाउँपालिका वार्ड नं २ स्थित दर्भान बजार क्षेत्रका किराना तथा फलफूल पसल, दुध डेरी, औषधि पसल, मासु पसल, कस्मेटिक तथा कपडा पसल, एग्रो भेट, इलेक्ट्रोनिक पसल लगायतका विभिन्न २७ वटा पसलहरुको अनुगमन गर्ने कार्य सम्पन्न गरियो । इलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख दिनेश ज्ञवाली तथा ना. सु. कृष्ण शर्मा, प्रहरी चौकी ढुङ्गेगढीका इन्चार्ज प्र.ना. नि. गङ्गाधर के.सी., सरुमारानी गा.पा. वजार अनुगमन संयोजक टेकेन्द्र रायमाझी सहित पशु शाखा प्रमुख शोब बहादुर शाह  र अन्य कर्मचारीहरु, उद्योग बाणिज्य संघ बजार इलाका कोषाध्यक्ष रिना शाही एवं स्थानीय पत्रकार नाम बहादुर नेपाली सहितको उपस्थितिमा गरिएको अनुगमनको क्रममा फेला परेका म्याद नाघेका केहि खाद्य, पेय पदार्थ, कस्मेटिक पदार्थ  तथा विषादीहरु जफत गरी सम्पूर्ण अनुगमन टोली सदस्यहरुको रोहबरमा सरुमारानी गा‍.पा. को डम्पिङ्ग साइटमा नष्ट गरियो । म्याद नाघेका सामानहरु विक्रीको लागि राखेको पाइएका केहि पसलका सञ्चालकहरुलाई सचेत गराइनुका साथै केहि दर्ताविना सञ्चालन गरिएको पाइएका  ब्यवसायहरुलाई समय सीमा तोकी अनिवार्य दर्ता गर्न निर्देशन समेत दिइएको छ । 

कस्मेटिक सौन्दर्य प्रशाधनका म्याद गुज्रेका वस्तुहरुको विक्रि वितरणको समस्या अधिक पाइएको साथै त्यस्ता वस्तुहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा घातक असर पार्न सक्ने हुँदा सचेत रहन सम्पूर्ण उपभोक्ताहरुमा कार्यालयकाे तर्फबाट हार्दिक अपिल गर्दै त्यस्ता वस्तुहरुको विक्रि वितरण नगर्न व्यापारिहरुलाई सचेत गराइ सकिएकोले पुन: यस प्रकारका सामग्री फेला परेमा कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराउँदछाै‌ ।  

पछिल्लो अपडेट गरिएको : 2083-03-02 12:07:38

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, जस्पुर, प्युठान .